\
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४० पुगेको छ । त्यस्तै आज ३९२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ८ लाख ४ हजार १०८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
आज देशभर ६ हजार ७४४ सक्रिय संक्रमित रहेका छन् । उनीहरूको संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।