सुदूरपश्चिम कांग्रेस अधिवेशन : १००३ मत खस्यो, ९ बजेबाट मत गणना हुने

कैलाली : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।

पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा एक हजार ३ मत खसेका छन् । १ हजार २६ मतदाता रहेको प्रदेशमा २३ मत नखसेका हुन् । शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

मत गणना आज राति ९ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि १ सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावी मैदानमा छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् ।

संस्थापन पक्षबाट प्रदेश उप–सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनू) र अछामका मेघराज खड्का तथा सह–महामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

यस्तै, संस्थापन इतर पक्षबाट उप–सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह–महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।



निर्वाचनबाट  १ सभापति, २ जना उप–सभापति,  एक महिला सहित ३ जना महाँमन्त्री चयन गर्ने छ । यसैगरी सदस्य खुलातर्फ तीन महिला सहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला र ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट १ जना, दलित कोटाबाट १ महिलासहित ३ जना, मधेसी कोटाबाट १ जना, थारू कोटाबाट १ महिला र २ खुलागरी ३ जना, मुस्लिमबाट १ जना, अपाङ्गता भएका १ जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन हुने हो ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १७:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया