वाइडबडी विमान खरिदबारे छानबिन गर्न का‌ंग्रेस सांसदकाे माग

काठमाडौं– नेपाली कांग्रेसका नेता एव‌ं सा‌ंसद मीनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्दा अनियमितता भएको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् । संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेता रिजालले यस्तो माग गरेका हुन्।

सोमवारको लेखा समितिको बैठकमा रिजालले कांग्रेस पार्टीको बैठकले नै वाइडबडी खरिदमा अनियमितता भएको ठहर गरेको र यसको खरिद प्रक्रियामा छानविन हुनुपर्ने माग गरे । हरेक दिन जसो मिडियामा विमान खरिदमा अनियमितता भएको भनेर कुरा उठिरहेको र यस्तो अवस्थामा लेखा समिति चुपचाप लागेर बस्न नमिल्ने उनले बताए । 

निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुईटा वाइडबडी खरिद गरेको हो । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ। निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हो ।





  • प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार १४:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया