ओमिक्रोन भेरियन्टः बेलायत जानेले अनिवार्य कोभिड टेस्ट गर्नु पर्ने

पछिल्लो समय विश्वमा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतले पनि आफ्नो देशमा यात्रा गर्नेहरुलाई नयाँ नियम लगाएको छ । 
अब बेलायत जाने सबै यात्रुले कोरोनाभाइरसको परीक्षण गर्नु पर्ने अनिवार्य गरिएको छ । 

नयाँ भेरियन्ट ओमिक्रोन फैलिनबाट रोक्नका लागि यो नियम बेलायतले लगाएको जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले बेलायत आएको दुई दिनपछि कोभिड परीक्षण नेगेटिभ आए मात्र बेलायतमा प्रवेश दिने जनाएको छ ।

त्यस्तै, विभिन्न देशहरुलाई बेलायतले फेरि रेड जोनमा राखेको छ । पछिल्लो समय नाइजेरियालाई रेड जोनमा राखिएको हो । रेड जोनमा भएका देशबाट बेलायत जानेले १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया