कांग्रेस महाधिवेशन : बागमती सभापति बन्न बानियाँलाई पुगेन मत, फेरि मतदान हुने

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् ।

सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत र दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका छन् । 

बढी मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए । कांग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानअनुसार सभापतिमा पुनः मतदान हुने भएको छ । 

पुनः मतदान आजै हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको जनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया