लुम्बिनी कांग्रेस सभापतिमा पौडेल समूहका उम्मेदवारको अग्रता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । 

संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ ।

राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुल्लातर्फ २०० र जिल्लातर्फ करिब २५० मत गणना भएको उनले जानकारी दिए ।

सभापति तथा पदाधिकारीको भने गणना भएको छैन । शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो । तर गणना भने ठाउँ सार्दा ढिला भएको हो । 

महेन्द्र सभागृहमा आइतबारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्नुपरेको निर्वाचन समिति संयोजक थापाले बताए । प्रदेश समितिको नेतृत्वका लागि संस्थापन समूहबाट साह र संस्थापन इतरबाट पुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । 

उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ, राजु खनाल र सुधाकर पाण्डे प्रतिस्पर्धामा छन् । पाठक र श्रेष्ठ रामचन्द्र पौडेल समूहका हुन् भने खनाल र पाण्डे संस्थापन निकट हुन् ।



दुई जना महामन्त्रीका खिमानसिंह रायमाझी, जन्मजय तिमिल्सेना, ताराप्रसाद फुल्लेल, विक्रम खनाल र सुरेन्द्रराज आचार्य प्रतिस्पर्धामा छन् । जसमा खनाल र आचार्य पौडेल पक्षका हुन् भने बाँकी तीनजना संस्थापन समूहका हुन् ।



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया