विदेशी लिगमा जम्दै सन्दीप : अब पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । आगामी फेब्रुअरीमा सुरु हुने सुपर लिगमा उलने लाहोर कालान्दर्सबाट खेल्न लागेका हुन् ।

मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपमाथि बोली लगायो । जसअनुसार, सन्दीपले न्यूनतम ५० हजार डलर पारिश्रमिक पाउनेछन् ।

विदेशी लिगमा सन्दीपको डेब्यु इन्डियन प्रिमियर लिग (आइपिएल) बाट भएको हो । गत सिजन उनले डिल्ली डेयरडेभिल्सबाट आइपिएल खेलेका थिए । आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेयता सन्दीपले लगातार विदेशी लिग खेलिरहेका छन् । त्यसयता उनले क्यानेडियन, क्यारिबियन, बिग ब्यास तथा अफगानी लिग खेल्न भ्याए ।

लाहोरको टिममा सन्दीप एबी डी भिलियर्स, फखर जमान, मोहम्मद सफिज, यासिर शाह, कार्लोस ब्राथ्वाइट, कोरी एन्डर्सन, एन्टोन डेभ्किच, रहत अली, शाहिन अफ्रिदी, अघा सलमान, सोहिल अख्तर, हसन खानजस्ता विश्व क्रिकेटका हस्तीसँगै खेल्नेछन् ।

पहिलोपटक पाकिस्तान सुपर लिगको ड्राफमा सिल्भर क्याटेगोरीमा परेका सोमपाल कामीलाई भने कुनै पनि क्लबले लिएनन् । 





  • प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार १८:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया