राजपामा नेतृत्व परिवर्तन : राजेन्द्र महतो बने संयोजक

काठमाडौं– मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरेको छ । यसअघि महन्थ ठाकुर संयोजक रहेकामा अब राजेन्द्र महतोले संयोजन गर्नेछन् । 

मंगलबार बसेको पार्टीको राजनीतिक समितिको बैठकले महतोलाई संयोजक बनाएको राजपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टी गठनदेखि हालसम्म अध्यक्ष मण्डलको संयोजन गरेकोमा महन्थ ठाकुरलाई धन्यवाद दिएको छ। 

मधेस केन्द्रित ६ पार्टी मिलेर बनेको राजपाको विधानमै अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालन गर्ने व्यवस्था छ ।

राजपा महासचिव केशव झाका अनुसार बैठकले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि पार्टी संगठनमा भएको नियुक्ति बदर हुने निर्णयसमेत गरेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार १९:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया