बागमती कांग्रेस अधिवेशन : सांसद जसपाका, मतदान कांग्रेस नेतालाई

नेपाली कांग्रेसको बागमती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार २ हजार ८३ जना प्रतिनिधिले मतदान गरे । 

अधिवेशनका लागि प्रदेशका विभिन्न १३  जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित भए । 

प्रदेश समितिको सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा भएको थियो । तर, पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । जसकारण आइतबार दोस्रो चरणको मतदान भइरहेको छ ।

हेटौँडामा भएको कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा) का बाग्मती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि मतदान गरेका छन् । उनी रसुवाबाट कांग्रेस प्रतिनिधि बनेको स्रोतले बतायो । 

बागमती प्रदेश सभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राति ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा मतदान गरेका थिए । उनी बाग्मती प्रदेश सभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् । 

केही समयअघि नै उनी कांग्रेस प्रवेश गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १२:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया