भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप  दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको तथ्यांकले देखाएको छ ।

विगत केही दिनयता मृत्यु हुनेको संख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको पुरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ ।

यद्यपि, हिजो एकै दिनमा केरलामा कोरोना संक्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ । देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ का संक्रमित रहेका छन् । यो संख्या कूल संक्रमतिको एक प्रतिशतभन्दा कम भएको समाचारमा जनाइएको छ ।

गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् ।  हालसम्म ३ करोड ४०  लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ संक्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ संक्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परीक्षण गरिएको थियो ।  यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १३:४७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया