सोमबारदेखि प्रदेश २ को निर्वाचन प्रक्रिया सुरु हुन्छ : रिजाल

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ। 

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले निर्वाचन गराउने दाबी गरेका हुन् । 

सातवटा प्रदेशमध्ये ६ वटामा निर्वाचन सम्पन्न भइसकेको र एउटा प्रदेशमा कुनै जिल्ला वा क्षेत्र विषेशका कारणले अधिवेशन रोक्न नमिल्ने रिजालले बताए ।

उनले भने, ‘आज सप्तरीमा निर्वाचन भइरहेको छ । साँझसम्ममा परिणाम आइसकेपछि भोलिदेखि सर्लाहीमा निर्वाचनको प्रक्रिया सुरु हुन्छ । हामी त्यसपछि प्रदेशको निर्वाचन प्रक्रिया सुरु गर्छौं । कुनै ठाउँ विशेषमा चुनाव नभएकै आधारमा विवादका कारण निर्वाचन रोक्न मिल्दैन।’
 
सातवटा प्रदेशमध्ये ६ वटामा निर्वाचन सम्पन्न भइसकेको र एउटा प्रदेशमा कुनै जिल्ला वा क्षेत्र विषेशका कारणले अधिवेशन रोक्न नमिल्ने रिजालकाे भनाइ छ ।

पार्टीको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीको सम्पूर्ण अधिवेशन हुन बाँकी रहेको छ । यता सप्तरी क्षेत्र नम्बर-४ को क्षेत्रीय अधिवेशन पनि हुन सकेको छैन । 

त्यस्तै महोत्तरी क्षेत्र नम्बर-३ को सम्पूर्ण परिणाम रद्द गरी पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ भने रौतहटको सबै निर्वाचन सम्पन्न भइसक्दासमेत नामावली आउन बाँकी रहेको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर-६ को वडा अधिवेशन पनि बाँकी रहेको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया