कांग्रेस महाधिवेशन : प्रदेश १ मा संस्थापनइतरका घिमिरेलाई सुरुवाती अग्रता

नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा युवा नेता गुरुराज घिमिरेले अग्रता लिएका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय उम्मेदवार हुन् ।

उनले ८३ मत पाएका छन् । प्रतिद्वन्द्वी उद्धव थापाले ७० मत पाएका छन् । प्रारम्भिक चरणमै घिमिरेले १३ मतको सुरुवाती अग्रता लिएका हुन् । 

सभापति पदका उम्मेदवार थापालाई पार्टीको संस्थापन अर्थात् सभापति शेरबहादुर देउवाको समर्थन छ । थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षीय नेता हुन् । यहाँ देउवा-सिटौला पक्षबीच गठबन्धन छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया