अछामका कैदीबन्दीहरूलाई सीपमूलक तालिम सञ्चालन गरिने

अछामका कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन गरिने भएकाे छ । सीपमूलक तालिमको सूदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ । 

मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सीपलाई कैदमुक्त भएपछि व्यवहारमा रूपान्तरण गरी जीविकोपार्जन तथा व्यावसायिक हिसाबमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताइन् ।

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कारागारलाई बन्दी जीवनका रूपमा नलिई सुधार गृहका रूपमा लिनुपर्नुमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले  कानुनको पालना गर्दै कारागारभित्रै सीपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनर्स्थापना हुन सहज हुने  बताए । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १०:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया