जब अमेरिकी सांसदले परिवारसँग बन्दुक बोकेको तस्बिर सार्वजनिक गरे...

अमेरिकाका एक सांसदले सामाजिक सञ्जालमा तस्बिर राख्दा आलोचनाको सामना गरिरहेका छन्। 

तस्बिरमा सांसद र उनको परिवारले सैनिकले जस्तै बन्दुक लिएर उभिएका छन् । 

सांसद थोमस मास्सीले तस्बिर राख्दै लेखेका छन्, ‘मेरी क्रिसमस ! सान्टा कृपया हतियार लिएर आउनू!’

तस्वीर सार्वजनिक भएसँगै धेरैले यस तस्बिरको आलोचना गरेका छन् । यतिमात्र नभई उनकै पार्टी रिपब्लिकाका नेताले पनि चर्को विरोध गरेका छन् । धेरैले उनले असंवेदनशील तरिकाले व्यवहार गरेको जनाएका छन् ।

उनले तस्बिर राख्नुभन्दा एकदिन पहिला मिसिगनको एक स्कुलमा गोली चल्दा चार बच्चाको ज्यान गएको थियो । दुर्घटनामा सात जना घाइते भएका थिए । १५ वर्षीय छात्रले आफ्नो बुवाको बन्दुकबाट गोली चलाएका थिए ।

अमेरिकामा यस्ता खालका घटना पहिला पनि दाेहाेरिइरहेका हुन्छन् । अमेरिकामा बन्दुक राख्न पाइने नियम छ । यस घटनापछि भने बन्दुक राख्ने नि नराख्ने भन्ने ‍विषयमा बहस भइरहेकाे छ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ११:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया