म्यानमारकी नेतृ सुचीलाई चार वर्ष जेल सजाय, कोभिड–१९ प्रोटोकल उल्लङ्घन गरेको आरोप

म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोवेल शान्ति पुरस्कार विजेता आङ सान सुचीलाइ चार वर्ष जेल सजाय सुनाइएको छ । म्यानमारको एक अदालतले उनलाई आज उक्त सजाय सुनाएको हो । 

गत फेब्रुअरीमा सेनाले म्यानमारको सत्ता कब्जा गरेपनि सुची विरुद्ध परेका मुद्दामा  म्यानमारको अदालतले पहिलो फैसला सुनाएको हो । 

अपदस्थ नागरिक सूचीलाई उक्साउने र र कोभिड–१९ नियम तोडेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको हो । ७६ वर्षीया सुकीले उक्साउने, कोभिड-१९ प्रोटोकलको उल्लङ्घन र गोपनियता ऐनको उल्लङ्घनलगायत करिब एक दर्जन आरोपको सामना गरिरहेकी छिन् । उनीमाथि लगाइएका सबै आरोप पुष्टी भए उनलाई एक सय वर्षभन्दा बढी जेल सजाय हुने अनुमान गरिएको छ । तर उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । 

गत फेब्रुअरीमा सेनाले सत्ता कब्जा गर्नुअघि सुची म्यानमारको स्टेट काउन्सीलर थिइन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १२:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया