नेपालमा २ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि

विश्वव्यापी महामारी कोरोनाभाइरसको नयाँ र खतरानक भनिएको ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन् । 

सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दुई जनामा कोरोनाको यो नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार ६६ वर्षका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षका एक व्यक्तिलाई कोरोनाको यो नयाँ भेरियन्ट संक्रमण भएको पुष्टि भएको हो । दुवै जनाले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार यी दुईमध्ये विदेशी नागरिक यसअघि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएपछि नेपाल प्रवेश गरेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार यो भेरियन्ट संक्रमण पुष्टि भएका दुवै जना अहिले अस्पतालमा भर्ना भएका छन् । 

तर, मन्त्रालयले कोरानाको यो नयाँ भेरियन्ट भेटिएको स्थानबारे केही जानकारी दिएको छैन । 

२४ नोभेम्बरमा सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको बी.१.१.५२९ भेरियन्टलाई ‘ओमिक्रोन’ नाम दिइएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई भेरियन्ट अफ कन्सर्न पनि भनेको छ । 



यो भेरियन्टबारे अहिले अध्ययन भइरहेको र अहिले रहेका विभिन्न खोपहरुले यसविरुद्ध कति प्रभावकारी रुपमा काम गर्छन् भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले यसबारे अध्ययन गरिरहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म नेपालसहित ३६ देशका ५७६ जनामा संक्रमण पुष्टि भएको छ । 



केही दिनअघि भारतमा पहिलो पटक ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका थिए । तर, त्यहाँ केही दिनमा नै ३ दर्जनभन्दा बढीमा कोरोनाभाइरसको यो नयाँ भेरियन्टका संक्रमित भेटिइसकेका छन् ।

यसअघि फरकधारमा एक लेख लेख्दै डा. शेरबहादुर पुनले ओमिक्रोनको हल्ला बढी भएको भन्दै यसबारे सचेत रहन आग्रह गरेका थिए । पढ्नुहोस्, उनको लेख र यसबारे प्रकाशित अन्य समाचार— 

ओमिक्रोनको चर्चा तथ्यभन्दा अनुमानको आधारमा भइरहेको छ, धेरै तर्सिनु पर्दैन

ओमिक्रोन भेरियन्टबाट जोगिन के गर्दै छ सरकार ?

ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको कसरी थाहा पाउने ? लक्षण के के हुन् ?

के डेल्टाभन्दा बढी खतरनाक हुनसक्छ कोरोनाको नयाँ भेरियन्ट ?

 

 


  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १३:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया