मैले मन्त्रालयकाे कार्यभार सम्हालेपछि खर्च कम भएकाे छ : मन्त्री आले
फाइल फाेटाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्ताे बताएका हुन् ।

उनले आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको बताए ।

उनले भने, ‘नेपाल वायुसेवा निगम नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको हो । यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ । यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ । हामी चाहन्छौं, कमभन्दा कम खर्च हाेस् । जहाज नाफामा जाओस् । अहिले पनि हामीलाई ५० अरबभन्दा बढी ऋण छ । हामी एकदमै चिन्तित छौं । हामीले ९ प्रतिशत ब्याज तिरिराख्नु परेको छ । विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु । राम्रो काम गर्दा कतिपय मान्छेहरूले आफ्नो व्यक्तिगत इन्ट्रेस्ट पूरा नहुँदा उनीहरूले विभिन्न मिडियामा लेखाउने कामहरू गरिराखेका छन् । त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईंहरूले आफैँले पनि बुझ्न सक्नुहुन्छ ।’

उनले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको पनि बताए ।

मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १४:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया