डिसेम्बर ८ मा ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस’ मनाइदै

डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन लागिएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको १४ औं दिनमा तेस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन लागिएको हो । 

राष्ट्रिय महिला आयोगको अगुवाई र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जाल तथा राधा पौडेल फाउण्डेशनको संयुक्त आयोजनामा नेपालमा पनि विभिन्न कार्यक्रम गरिनेछ ।

दिवसको यो वर्षको नारा मर्यादित रजनोवृत्ति हाम्रो अधिकार रहेको छ । दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ । 

राष्ट्रिय महिला आयोगको कार्यालयमा हुने कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सरोकारवालाहरुको उपस्थिती हुनेछ ।  

उक्त कार्यक्रममा दार्चुला, नवलपरासी, चितवन र सर्लाहीबाट अभियन्ताहरूले विभिन्न प्रस्तुती दिने कार्यक्रम रहेको राधा पौडेल फाउण्डेसनकी प्रमुख राधा पौडेलले जानकारी दिइन् । 

तेस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा सर्जिकल रजनोवृत्ति नामक पुस्तक विमोचन समेत गरिनेछ । कार्यक्रमको दोस्रो सत्रको कार्यक्रम स्कटल्याण्ड, बेलायतमा मर्यादित रजनोवृत्तिमा विश्वव्यापी सम्मेलन हुनेछ । उक्त कार्यक्रममा स्कटल्याण्डका स्वास्थ्यमन्त्री र नेपालका तर्फबाट स्वास्थ्य राज्यमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 



उक्त कार्यक्रममा इन्डोनेसिया, पाकिस्तान, अस्ट्रेलिया, भारत, बेलायत, इटाली, युगाण्डा, युएई र केन्याबाट समेत वक्ताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । मर्यादित महिनावारीमा अहिले विश्वमा नै द्रुत गतिमा अभियानहरू सञ्चालन भइरहेको पौडेलले बताइन् । 

नेपालका सात वटै प्रदेशमा पनि विभिन्न अभियानहरू सञ्चालन भइरहेको उनको भनाइ छ ।



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १६:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया