‘सप्तरंग-३’को घोषणा, महानायक राजेश हमाललगायत चर्चित कलाकार सहभागी हुने

सातै प्रदेशमा ‘सप्तरंग-३’काे आयाेजना हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग-३’ हुने जानकारी गराएको हो । 

गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग-३’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्टाउनु नै ‘सप्तरंग’को मूल आशय हो । 

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग-३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। 

‘सप्तरंग-३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरू सहभागी हुनेछन् ।

विगत पाँच वर्षदेखि निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरू मार्फत् सिंगाे देश र विदेशमा रही आएका आप्रवासी नेपालीहरूलाई एउटै साझा सांगीतिक धागोमा गाँस्दै आएको छ । 

नेपाल र नेपालीलाई चिनाऔं र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाइलाई प्रष्टाएकाे छ।



पहिलो र दोस्रो संस्करण सात प्रदेशबीच आमजनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिको नारालाई प्रवर्द्धन गर्नेछ । यसैगरी कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नेछन् ।



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १७:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया