अमेरिकाले पाकिस्तानलाई गर्ने सैन्य सहयोग रोक्याे

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाकिस्तानको सैन्य सहयोग रोकेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता कर्नल रब म्यानिङले मंगलबार पाकिस्तानलाई दिने १.६६ अरब डलर सुरक्षा सहयोग रोकेको जानकारी दिएका छन् । 

राष्ट्रपति ट्रम्पले केही दिन अगाडी पाकिस्तानले अमेरिकालाई केही सहयोग नगरेको बताएका थिए । उनले पाकिस्तानलाई गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका थिए । अमेरिकाले पाकिस्तानको सरकारले एबटाबादमा अलकायदाका लिडर ओसामा बिन लादेनलाई लुकाउन मद्दत गरेको आरोप लगाएको छ । 

पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा अफगानिस्तान, पाकिस्तान र मध्य एशिया मामिला उपसहायक रक्षा मन्त्री रहेका डेविड सिड्नीले पाकिस्तानलाई गर्ने सैन्य सहयोग रोक्नु निराशाजनक रहेको बताए ।

तर पाकिस्तानले अमेरिकाको मुख्य चिन्ताको निराकरण गरेको छैन् । पाकिस्तानले आफ्ना छिमेकीविरुद्ध आक्रमण गर्ने हिंसात्मक समुहलाई संरक्षण गरेको, उनीहरुको समर्थन गरेको आरोप लगाइएको छ । यही कारणले राष्ट्रपति ट्रम्प र अमेरिकी नागरिकहरु पाकिस्तानसँग निराश भएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार १३:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया