देशभर थपिए ३१५ कोरोना संक्रमित, दुई जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१० नमुना पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । सो अवधिमा ९३८६ पीसीआर र २४२४ एन्टिजेन विधिबाट नमुना परीक्षण भएको थियो ।

सोही अवधीमा थप दुई जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ पुगेको छ ।

आज थप ३०४ जना निको भएका छन् । योसँगै निको हुने संख्या ८ लाख ५२ हजार ५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ६३५२ जना छन् । गत २४ घण्टामा १ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १५:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया