नेप्से परिसूचकमा ३७.१८ अंकको गिरावट

सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ । 

मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ । 

आज कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ । 

आज बजारसँगै कारोबार रकम समेत घटेको छ । सोमबार ४ अर्ब ५४  करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आजको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेको देखिएको छ । बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत ७४.६९, फाइनान्स ९०.०८, निर्जीबन बीमा १६०.९८, जीवन बीमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२.५६ अंकले घटेको छ ।
आज कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य सबै भन्दा बढी ७.६५ प्रतिशत घटेको छ । त्यसपछि कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । 

कारोबार रकमका आधारमा आज प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १६:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया