सन् २०२२ मा अस्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप ग्लोबल छनोटको समूह विभाजन गरिएको छ ।
आइसिसीले विभाजन गरेको समूह ‘ए’ मा नेपाल, ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र यूएई परेका छन् । यो समूहको खेल आगामी फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा हुनेछ ।
यस्तै समूह ‘बी’ जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका छन् । यो समूह खेल जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुनेछ ।
प्रत्यक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोलीले विश्वकप खेल्न पाउनेछन् ।
अष्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज, भारत, स्कटल्याण्ड र नामिबिया यसअघि नै विश्वकपमा स्थान बनाइसकेका छन् ।
नेपालले टि–२० वरीयताका आधारमा यसपटक सोझै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।