अस्ट्रेलियाले पनि शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने

अस्ट्रेलियाले पनि सन् २०२२ मा हुने बेइजिङ शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने भएको छ ।
 
अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले खेलाडी सहभागी भए पनि प्रतिनिधिमन्डल भने स्वदेशमै रहने बताए । 

राजधानी सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले भने, ‘मानवअधिकार उल्लंघन र सिन्जियाङका मुसलमानमाथिको दुर्व्यवहारलाई लिएर अस्ट्रेलियाले कूटनीतिक रूपमा बेइजिङ ओलम्पिक बहिष्कार गर्नेछ ।’

मानवअधिकार र दुर्व्यवहारमा परेका मुसलमानबारे बारम्बार वार्ता गर्न चाहे पनि चीन सरकारले बेवास्ता गरेको मोरिसनले आरोप समेत लगाए । 

चीनले तिब्बतलाई हेर्ने दृष्टिकोण, त्यहाँ भइरहेका मानवअधिकार दुर्व्यवहारका घटनालाई लिएर अधिकारवादीहरूले महिनौंदेखि बेइजिङ ओलम्पिक बहिष्कार गर्न विभिन्न देशमाथि दबाब दिँदै आएका छन् । 

यसअघि अमेरिकाले पनि बेइजिङमा हुने शीतकालीन ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको थियो ।  अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुनेछन् ।
 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया