काठमाडौं– बुधबार एक पूर्व माओवादी लडाकुले गृहमन्त्री रामबहादुर थापाकै सामुन्ने विष सेवन गरेका छन् । शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन यो घटना भएको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रालय पुगेका पूर्वलडाकु दुर्गाप्रसाद भट्टराईले आफूहरूमाथि अन्याय भएको भन्दै विष पिएका हुन् ।
विष पिएपछि उनलाई उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
वीर अस्पतालमा कार्यरत नेपाल प्रहरीका सइ वीरेन्द्र खनालले दिएको जानकारीअनुसार उनको अवस्था सामान्य छ ।
१० वर्षसम्म युद्ध लडे पनि अहिले पार्टीले नहेरेको पूर्वलडाकुहरूको गुनासो रहँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।