विपद् जोखिमबाट सुरक्षित देश निर्माणतर्फ लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरू अन्तर्राष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने विश्वाससमेत व्यक्त गरिन् । 

बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारिन् । राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताइन् ।

भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समूदायप्रति आभार समेत व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गरारिन् ।

'पुनर्निर्माणको यस अभियानले हाम्रो अठोटलाई प्रतिविम्वित गर्दछ । प्रभावित क्षेत्रका सम्पूर्ण जनसमूदाय एवम प्रत्यक्ष वा परोक्ष रुपले भावी पुस्तालाई समेत अनुकरणीय हुने मलाई विश्वास लागेको छ । हामीलाई दुःख परेका बखत साथ दिने अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो अनुभव र सिकाईहरु साटासाट गर्ने, भविष्यमा अत्यन्तै महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । म यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तराष्ट्रिय समूदायले दिएको बलियो साथको पनि पटक पटक स्मरण गरिन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया