नेप्से परिसूचक ५३.०९ अंकले गिरावट

सेयर बजार मापक नेप्सेमा बुधबार पनि भारी अंकले गिरावट आएको छ । नेप्सेमा दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । 

मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले गिरावट आएको थियो । बुधवार पनि सेयर बजार ५३.०९ अंकले घटेर २ हजार ४५५.८१ अंकमा सीमित भएको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.३३ अंकले घटेर ४६४.८० विन्दुमा झरेको छ ।

मंगलबार कारोबारका आएका २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० सय रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको थियो ।

आजको कारोबारमा नेप्सेका १३ उपसमूह सबै राताम्मे देखिएको छ । बैंकिङ २६.१३, विकास बैंक १५१.२१, जलविद्युत् ८९.३५, फाइनान्स ७३.४२, निर्जीवन बिमा २३५.६९, जीवन बिमा २९४.४४ उत्पादन तथा प्रशोधन १७०.५६, माइक्रोफाइनान्स समूहको उपसूचक १२५.६२ अंकले घटेको छ ।

बजार घटे तापनि आजको कारोबारमा ७ कम्पनीको सेयर मूल्य भने बढेको छ । स्ट्यान्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल एसबिआई बैंक र अजोड इन्स्योरेन्सको सेयर मूल्य बढेको छ भने सूर्योदय लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, नयाँ सारथि लघुवित्त र सामलिङ पावर कम्पनीको सेयर मूल्य घटेको छ । 

आज सबैभन्दा बढी कारोबार नेसनल हाइड्रोपावरको ११ करोड ८८ लाख र नेपाल टेलिकमको १० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १७:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया