यी देश जहाँ १५ लाखसम्म हुन्छ तलब

एजेन्सी– देश जुनसुकै होस्, श्रमिकको स्थिति जहिल्यै समस्याको विषय बनिरहन्छ । श्रम अनुसार पारिश्रमिक नपाउने समाचार र गुनासा पनि उत्तिकै आइरहेका हुन्छन् । तर, विश्वमा यस्ता पनि देश छन् भन्दा विश्वास नलाग्ला, जहाँ श्रमिकको अवस्था निकै राम्रो छ । तलब पनि राम्रै हुन्छ । आउनुहोस्, जानौं केही यस्ता १० देश, जहाँ श्रमिकको न्युनतम तलब ११ देखि १५ लाखसम्म वार्षिक हुन्छ ।

लक्जेम्बर्गः विश्वमै श्रमिमको सबैभन्दा राम्रो तलब हुने देश अन्तर्गत पर्छ, लक्जेम्बर्ग । त्यहाँ काम गर्ने कामदारले प्रतिघण्टा ७ सय ३० रुपैयाँभन्दा बढी पाउँछन् । यसरी प्रतिहप्ता ४० घण्टाका दरले काम गर्दा वार्षिक १५ लाख १९ हजार कमाइ हुन्छ ।

नेदरल्याण्डः प्रतिहप्ता ४८ घण्टा काम हुन्छ । र न्युनतम तलब वार्षिक १४ लाख ७७ हजार हुन्छ ।

अस्ट्रेलियाःअस्ट्रेलियामा हप्ताको ३८ घण्टा काम हुन्छ भने न्युनतम तलब १४ लाख ६१ हजार वार्षिक हुन्छ ।

बेल्जियमः बेल्जियममा कामका लागि हप्तामा ४० घण्टा छुट्याइन्छ । यसरी काम गर्दा वार्षिक रुपमा न्युनतम तलब भनेको १४ लाख ८ हजार हुन जान्छ । 

जर्मनीः हप्ताको ४८ घण्टा काम गर्दा जर्मनीमा प्रतिवर्ष कमाइ भनेको १३ लाख ८७ हजार हुन्छ । 



फ्रान्सः फ्रान्समा ३५ घण्टा काम हुन्छ, प्रतिहप्ता । जसको एकमुष्ट वार्षिक कमाइ १३ लाख ५८ हजार बन्छ ।

न्युजिल्याण्डः न्युजिल्याण्डमा प्रतिहप्ता श्रमिकले ४० घण्टा काम गर्न सक्छन् । त्यहाँ काम गर्ने कामदारको वार्षिक तलब भनेको १२ लाख ८७ हजार हुन्छ ।



आयरल्याण्डः अन्य देशजस्तै आयरल्याण्डमा पनि प्रतिहप्ता ४६ घण्टा काम गर्न पाउने अधिकार छ श्रमिकको । त्यसवापत वार्षिक १२ लाख ६० हजार आम्दानी हुन्छ । 

युके युकेमा प्रतिहप्ता ४० घण्टा काम गर्न पाउने नियम छ । हप्ताको ४० घण्टाका दरले काम गर्दा झण्डै ११ लाख ६८ हजार तलब थाप्छन्, कामदारले ।

क्यानाडाः क्यानामा कामको लागि प्रतिहप्ता ४० घण्टा छुट्याइएको छ । यसरी हप्ताको ४० घण्टा काम गर्दा वार्षिक न्युनतम तलब चाहिँ ११ लाख १७ हजार पुग्छ । 

यो सबै तथ्यांक अर्गनाइजेशन फर इकोनोमिक्स को–अपरेशन एण्ड डेभलपमेण्टको २०१६ को रिपोर्ट अनुसार हो ।

  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार २३:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया