नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन गर्दैछ ।
यसपटक व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि नाडामा नयाँ नेतृत्व चयन निर्वाचनमार्फत हुने भएको हो । अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा दुई प्यानलमा रहेर अन्य ३४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
चौधरीको प्यानलबाट अटो व्यवसायी राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, निलमणि पाठक (राम), प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योती, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारीले सदस्यमा उम्मेदवारी दिएका छन् ।
थापा प्यानलबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपककुमार अग्रवाल, कपिल सिवाकोटी, शुभाषिश थपलिया, प्रदीपमान प्रधान, दीपककुमार खेतान, यमुना श्रेष्ठ, अमरज्योती र रञ्जित, भवनाथ पाठक (वि.एन पाठक), दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुषाल, रिद्दी कार्की, प्रकाश सिग्देल, प्रकाश सिग्देल र सगुनवीर कंसाकार चुनावी मैदानमा छन् ।
निर्वाचन आज बिहान ८ बजेदेखि बेलुकी ३ बजेसम्म चल्नेछ । निर्वाचनले एक अध्यक्षसहित १७ सदस्य छनोट गर्नेछ । निर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्य केन्द्रीय पदाधिकारी तोक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।