हिमालयन रिइन्स्योरेन्सको नाफा ४.७६ करोड

हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमाससम्ममा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा २०७८ असोजसम्ममा ८ करोड ८० लाख बीमा शुल्क आर्जन गरेको र एक करोड ७१ लाख खुद दावी भुक्तानी गरेको उल्लेख गरेको छ । 

कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेकोमा ३५ लाख ८१ हजार व्यवस्थापनमा ७५ लाख ६८ हजार कर्मचारी बोनसमा २ करोड ४३ लाख सरकारी करका लागि छुट्याएको छ । 

हिमालयन रिइन्स्योरेन्स देशको दोस्रो पुनर्बीमा कम्पनी हो । 

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको तीन अर्बको सेयर जारी गर्न बाँकी छ । 
 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १०:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया