व्हाइट हाउसमा अर्काे इमेल प्रकरण
इभान्काले सरकारी कामकाजका लागि निजी इमेल प्रयाेग गरेकाे अाराेप

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई सरकारी कामकाजका आधिकारिक संवादका लागि व्यक्तिगत इमेल प्रयोग गरेको आरोप लागेको छ । इभान्काले सरकारी कामकाजसँग सम्बन्धित सयौं सन्देश आफ्नो निजी इमेलबाट दायाँबायाँ पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

यो इमेल उनले ह्वाइट हाउसका सहयोगी, सरकारका मन्त्री र र आफ्ना सहकर्मीलाई पठाएकी छन् । उनलाई अमेरिकी गोपनियता कानुुनको उल्लंघन गरेको आरोप लगाइएको छ । 

तर राष्ट्रपति ट्रम्पले तत्काल यो आरोपलाई अस्वीकार गर्दैै इभान्काको बचाउ गरेका छन् । उनले इभान्काले आफ्नो व्यक्तिगत इमेलबाट कुनै जानकारी सार्वजनिक नगरेको बताएका छन् । इभान्का गोपनियता र संवेदनशीलता बुझ्न सक्ने भन्दै उनीमाथि लागेको आरोपको ट्रम्पले खण्डन गरेका छन् । 

उनले सरकारी कामकाजका जुनसुकै इमेल पठाएकी छन् ति सबै सुरक्षित राखिएका छन् । उनले हटाएकी छैनन् । 

२०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्धन्द्धी डेमोक्रेटिक पार्टीकी नेता हिलारी क्लिन्टनविरुद्ध इ–मेलको मुद्धा उठाएका थिए । यसमा गोपनिय जानकारीको समेत आदानप्रदान भएको थियो । यसपछि उनले राष्ट्रपति बिल क्लिन्टनको कार्यकाल सकिएपछि सबै डिलिट गरिन् । यो आरोपका कारण हिलारीले लगातार सफाई दिन परेको थियो । 





  • प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार १४:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया