प्रवासी नेपालीले भोट हाल्ने व्यवस्था गर्न ज्ञापनपत्र

काठमाडौं– विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार प्रवास विभाग प्रमुख विजय खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेको प्रतिनिधीमण्डलले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त यादवले विदेशमा रहेका लाखौँ नेपालीलाई मतदानमा संलग्न गराउन निर्वाचन आयोग अत्यन्तै सकारात्मक रहेको र नेपाल सरकारले आवश्यक कानुन निर्माण गरेपछि आयोगले आफ्नो तर्फबाट काम थाल्ने बताए ।

प्रवासमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनुपर्छ भनेर निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने पहिलो पार्टी राप्रपा भएकोमा प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै प्रमुख आयु्क्त यादवले यससम्बन्धी कानुनको निर्माण गर्न राज्य समिति तथा नेपाल सरकारलाई अग्रह गर्ने बताए । 





  • प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार १८:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया