नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दासानायकेलाई पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षमा नियुक्त गरेको छ । 

क्यानको शनिबार बसेको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकका रूपमा अनुमोदन गरेको हो। क्यानले पुबुदुसहित ५ जनाको नाम आइसिसी समक्ष सिफारिस गरेको थियो ।

आइसिसीको सहल्लाह अनुसार क्यानले पुबुदुलाई मुख्य प्रशिक्षणमा नियुक्त गरेको हो । पुबुदुले दोस्रोपटक नेपाली टोलीको प्रशिक्षण सम्हाने भएका छन् । 

यसअघि उनले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली हेरेका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ को आइसिसी टि-२० विश्वकप खेलेको थियो । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १०:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया