कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर

नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् ।

अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा उठ्ने भएकी छन् ।

शेखर कोइराला आफैं सभापतिमा उठ्ने भएका छन् । उनी यतिबेला आफ्नो नेतृत्वको प्यानल बनाउने अन्तिम चरणमा छन् ।

महामन्त्री डा.शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन् । उनी उपसभापति या महामन्त्रीकै उम्मेदवार बन्ने भन्ने पनि सुनिश्चित भइसकेको छैन ।

शशांक शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा देउवाले कोइरालाई आफ्नो उपसभापति बस्न आग्रह गरेको खबरले महाधिवेशनस्थलमा अहिले शशांक संस्थापन पक्षमा खुलेको भन्दै सनसनी मच्चिएको छ । यद्यपि शशांकले अहिलेसम्म केही सार्वजनिक गरेका छैनन् । केही अघिसम्म शशांक पनि सभापतिको दौडमा थिए ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १५:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया