बारले आन्दोलनका कार्यक्रम फिर्ता लिए राम्रो : रघुवीर महासेठ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रघुवीर महासेठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशन नेतृत्वको कानुन व्यवसायीहरुको आन्दोलनको कार्यक्रम फिर्ता लिँदा राम्रो हुने टिप्पणी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता महासेठले प्रधानन्यायाधीश जबरा एउटाले राजीनामा दिँदैमा न्यायालय सुध्रिने अवस्था नभएको भन्दै सो आन्दोलन नेपाल बारले फिर्ता लिँदा राम्रो हुने बताए । शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरुभएको पार्टी केन्द्रिय कमिटीको बैठकमा भाग लिने क्रममा उनले सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानन्यायाधीश जबरा मात्रै नभई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल भएका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने तर्क पनि बताए ।

संसदमा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरुलाई लगाउनुपर्ने उनको भनाई थियो ।

नेता महासेठले भने, ‘न्याय नपाएर जनताले दुःख पाएका छन । यो आन्दोलन बास्तवमा बार एशोसिएशनले फिर्ता लिए राम्रो हुन्छ । पक्ष, विपक्षको कुरा होईन । एउटा प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालय सुध्रिन्छ ? त्यो होइन । तपाईलाई थाहा छ–अहिलेको जुन वर्तमान सरकार हाम्रो सम्माननीय प्रधानमन्त्री देउवाको नेतृत्वमा बनेको छ । कुन प्रकारले बनेको छ ? त्यसमा कसरी चलखेल भएको छ । त्यो दिनप्रतिदिन भण्डाफोर भईरहेको छ । भनेपछि यो चलखेलमा सामेल एउटा प्रधानन्यायाधीशले मात्रै किन, अरु न्यायाधीशहरुले पनि राजीनामा दिनु पर्यो । महाअभियोग लगाउने हो भने पनि सबैमाथि लाग्नु पर्यो ।’

नेता महासेठले सत्ता पक्षले प्रस्ताव ल्याएपछि मात्रै एमसीसी के गर्ने भन्ने बारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।   





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार २०:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया