इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौँ– यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । 

प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्याएको छ । चितवनले आज प्रेस विज्ञप्ति जारी गरी स्टिलिर्ङलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ । अनुबन्धको रकम भने खुलाइएको छैन् । 

निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बङ्गलादेश प्रिमियर लिग खेलेको अनुभव समेत रहेको क्लबले जनाएको छ । त्यसैगरी ललितपुर प्याट्रियट्सले आजै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । क्लबका अनुसार ललितपुरले यस संस्करणका लागि भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई क्लबमा अनुबन्ध गरेको हो । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले जय किशन र सन्नीको अनुबन्ध थप गरेको हो । दुवैले गत सिजन ललितपुरबाटै खेलेका थिए । गौरब भने पहिलोपटक ललितपुरबाट खेल्न लागेका हुन् । 

पुस ७ गते समापन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार १०:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया