लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो ।
भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।