भोलिबाट संसद् अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने

संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । 

मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् । 

संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसदआवद्ध सबैको कोभिड–१९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसदका सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ९:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया