कंगनालाई प्रहरीसमक्ष उपस्थित हुन अदालतको आदेश

भारतीय अभिनेत्री कंगना रनौटलाई मुम्बई प्रहरीसमक्ष उपस्थित हुन अदालतले आदेश दिएको छ । कंगनालाई बम्बे हाई कोर्टले २२ डिसेम्बरमा मुम्बई प्रहरीसमक्ष उपस्थित हुन आदेश दिएको छ ।

कंगनाले सिखविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा एफआईआर दर्ता गरिएको थियो । मोदी सरकारले तीनवटा कृषि कानुन फिर्ता लिएपछि कंगनाले असन्तुष्टि जनाउँदै उनीहरूविरुद्ध टिप्पणी गरेकी थिइन् ।

उनीविरुद्ध परेको रिटमाथि आज सुनुवाई गर्दै बम्बे हाई कोर्टले कंगनालाई २२ डिसेम्बरमा मुम्बई प्रहरीसमक्ष उपस्थित हुन आदेश दिएको छ ।

यससँगै अदालतले महाराष्ट्र सरकारलाई २५ जनवरीसम्म उनीविरुद्ध कुनै पनि जबरजस्ती कारबाही नगर्न आदेश दिएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १५:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया