कांग्रेस महाधिवेशन : निर्वाचन समितिले मतगणना आजैबाट थाल्ने

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतगणना आजै थाल्ने गर्ने भएको छ । मतगणना सबैभन्दा पहिले सभापतिको हुने भएको छ । 

मतगणना आठ ठाउँमा हुनेछ । अहिले भने मतदान जारी छ । राष्ट्रियसभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

सभापति पदको प्रतिस्पर्धीहरू प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १६:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया