कांग्रेस महाधिवेशन : चुनावी ब्रोसरले ढाक्यो प्रदर्शनी मार्ग [तस्बिरहरू]

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान भइरहेको छ ।  

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । 

उनीहरुको चुनावी प्रसारप्रचारमा प्रयोग गरिएको ब्रोसरसहितका कागजले प्रदर्शनी मार्ग ढाकेको छ । भुइँनै ढाकिने गरी प्रचारप्रसारमा प्रयोग गरिएका ब्रोसरसहितका कागज छरिएका छन् । 





न्युज कारखाना

  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १६:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया