मतदान सकिएलगत्तै मतगणना गर्ने निर्वाचन समितिको तयारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतदान जारी छ । बिहान ढिलागरी सुरु भएको मतदान अहिलेसम्म नसकिएपछि समय दुई पटक थप गरिएको छ । पहिलो पटक ९ बजेसम्म समय थप गरेको निर्वाचन समितिले फेरि १० बजेसम्म मतदानको समय लम्ब्याइएको छ ।

निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावल मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने पनि उनको भनाइ छ ।

कांग्रेसको नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदानस्थल बनाइएको छ । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । कांग्रेसमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् ।

बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र सुरु भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार २१:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया