कांग्रेस सभापतिमा खस्यो चार हजार दुई सय मत

कांग्रेस महधिवेशनको जारी महाधिवेशनमा सभापतिमा अहिलेसम्म चार हजार दुई सय मत खसेको छ । कांग्रेस महाधिवेशन निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सभापति पदमा चार हजार दुई सय मत खसिसकेको जानकारी दिएका हुन् । 

मतपत्र अभावमा पटक–पटक रोकिए नेतृत्व चयनको प्रक्रियाका लागि निर्वाचन समय थपेर भए पनि आजै पूरा गरिने भएको छ। ९ बजेसम्मका लागि निर्वाचनको समय तोकिएकोमा मतपत्र नहुँदा साँझ ३ घण्टा मतदान रोकिएको थियो। 

सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय भए पनि मतपत्र समयमा नआएका कारण बिहान साढे तीन घण्टा ढिला गरेर मतदान सुरु भएको थियो।

मतदान प्रक्रिया सकिएपछि रातिबाटै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। सभापतिको मतगणना मतदानस्थलमै हुनेछ। 

अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ।  





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार २१:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया