कांग्रेस महाधिवेशन
२६७७ मत गन्दा देउवा १२६५, कोइराला ९८०

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । 

२६७७ मत गन्दा देउवाले १२६५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको शेखर कोइरालाले ९८० मत पाएका छन् । त्यस्तै, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधिले १९५ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका निर्वाच समितिले जनाएको छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । 

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

 खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।   





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ७:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया