देउवाले पहिलो चरणमा जित्ने सम्भावना न्यून, बहुमत पुर्‍याउन ९०० बाट ५४२ मत आवश्यक

नेपाली कांग्रेसको सभापति पदको मतगणना जारी रहँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्ने आधार न्यून देखिएको छ । 

सबै प्रदेशको तीन ठाउँबाट मतगणना भइरहँदा यस्तो स्थिति देखिएको हो । यो समाचार तयार पार्दासम्म तीन हजार ९७७ मत गणना भएको छ । जसमध्ये सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले एक हजार ९ सय मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले एक हजार ४६७ मत पाएका छन् । सभापति अन्य उम्मेदवारहरू प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याणकुमार गुरुङले २० मत पाएका छन् । 

अब, गणना हुन बाँकी मत संख्या ९०० छ । देउवालाई बहुमत अर्थात् ५१ प्रतिशत प्राप्त गर्न ५४२ मत आवश्यक छ । 

हाल प्राप्त भइरहेको मत परिणामको आधारमा उनले आवश्यक बहुमत प्राप्त गर्ने सम्भावना कम देखिएको छ । त्यसो भएको अवस्थामा सभापति पदको निर्वाचन दोस्रो चरणमा जाने छ । 

त्यस्तो हुँदा देउवाबाहेकाहरू एक ठाउँ भए देउवा सभापतिमा पराजित हुनेछन् । तर, देउवालाई विमलेन्द्र निधि वा प्रकाशमानमध्ये कुनै एकले सहयोग गरेको अवस्थामा भने सभापति जित्ने देखिन्छ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ८:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया