देउवासँग शेखर सभापतिमा भिडेरै छाड्ने

नेपाली कांग्रेसको दोस्रो चरणको निर्वाचन हुन लाग्दैगर्दा भावी सभापतिको रूपमा शेरबहादुर देउवालाई हेर्न थालिएको छ ।

कारण– प्रतिस्पर्धीमध्येका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङको समर्थन हुनु हो । तर, अहिले नै देउवा सभापति हुन्छन् भनेर किटान गर्न सकिने अवस्था भने छैन ।

तैपनि, पहिलो चरणको निर्वाचनमा पहिलो भएका देउवालाई तेस्रो भएका सिंह, चौथो भएका निधि र पाँचौं भएका गुरुङको समर्थन रहनुले जित्ने सम्भावना बलियो भन्न भने गाह्रो छैन । 

यस्तो हुँदा डा। शेखर हार स्वीकार्दै सभापतिको मैदानबाट बाहिरिन सक्ने अड्कल पनि छ । शेखर पक्षको बैठक मत परिणाम आएपछि बस्यो पनि । 

बैठकपछि फरकधारसँग संक्षिप्त कुराकानी गर्दै नेता जगदीश्वर नरसिंह केसीले भने, ‘डा. शेखर मैदानबाट भाग्ने कुरा आउँदैन । उहाँले निर्वाचन लड्नुहुन्छ ।’

उनका अनुसार समर्थन देउवालाई नै तीन प्रतिस्पर्धीले गरे पनि उनीहरूले पहिलो चरणमा पाएको मत खस्दैन । सहानुभूतिसँगै देउवालाई सभापति मन नपराएका महाधिवेशन प्रतिनिधिहरूले शेखरलाई मत दिन सक्ने केसीले बताए । 



दोस्रो चरणको निर्वाचन भने आज साढे ३ बजेदेखि हुने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् । पहिलो चरणको निर्वाचनमा कुल खसेको चार हजार ६८१ मतमध्ये देउवाले सर्वाधिक २ हजार २५८ मत प्राप्त गरेका थिए । 

शेखरले एक हजार ७२९, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका थिए । जबकि, देउवा ८२ मत कम पाउँदा पहिलो चरणको निर्वाचनमा बहुमत ल्याउन असफल भए । 



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १३:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया