दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि स्विकार छ : शेखर कोइराला

नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो चरणबाट नेतृत्व चयन हुन नसकेपछि अब दोस्रो चरणमा जाने सभापतिका उम्मेदवार शेखर कोइरालाले घोषणा गरेका छन् ।

पहिलो चरणका सभापतिका उम्मेदवार शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने निश्चित भएको हो । 

यसअघि निधि, सिंह र गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेपछि शेखर कोइरालाले भने प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् । 

निर्वाचनमा जाने घाेषणा गर्ने क्रममा सभापतिका उम्मेदवार कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘तपाईंहरू आफै नेता हुनुहुन्छ । आफ्नो मन, अन्तरआत्मा र विवेकको प्रयोग गर्नु हुने नै छ । तपाईंहरूको त्यही एक मतले नेपालको भविष्य परिवर्तन हुनेछ । भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस् ।’ 

उनले आफूले नेपाली कांग्रेसको सभापतिमा विजयी भए कांग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि सुनाए । आफूले सुरु गरेको नेपाली कांग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्‍याउने घोषणा पनि गरे । साथै उनले निर्वाचनको परिणाम जेसुकै आए पनि स्वीकार हुने पनि बताए ।



उनले भने, ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहुति गर्न चाहन्छु ।’ 



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १४:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया