कांग्रेस सभापति चयन गर्न दोस्रो चरणको मतदान सुरु

नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचनमा मतदान सुरु भएको छ । 

मतदाता चार हजार ६८१ जना छन् । हिजो सम्पन्न पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणमा निर्वाचन भएको हो । 

निर्वाचनमा प्रतिस्पर्धा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने छ । 

देउवा पहिलो र शेखर दोस्रो बढी मत प्राप्त गर्ने सभापतिका प्रतिस्पर्धी हुन् । अब भने जसले बढी मत ल्याउँछ, उनै सभापति निर्वाचित हुने छन् ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १६:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया