सप्तरीमा बस दुर्घटना, ५ काे मृत्यु, दर्जनाैँ घाइते

सप्तरी– सप्तरीकाे हनुमाननगर कंकालिनीमा बराह क्षेत्रबाट फर्किएकाे बस दुर्घटनामा पर्दा पाँच जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

बराह क्षेत्रकाे मेलाबाट फर्किएका यात्रु बाेकेकाे को १ ख २७९९ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । बस बाटाे छेउमा रहेकाे पाेखरीमा खसेकाे प्रहरीले जनाएकाे छ । 

राजिवराज जाँदै गरेकाे बस बेलुका ८ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे हाे । 

घटनामा घाइते भएका धेरैको अवस्था चिन्ताजनक रहेको र मृतककाे संख्या बढ्न सक्ने प्रहरीले जनाएकाे छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार २१:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया