थप २ सय ६४ जनामा कोरोना संक्रमण, २ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभरमा २ सय ६४ जनामा कोरोना संक्रमित थपिएका छन्।  

पिसिआर परीक्षणबाट २ सय २९ र एन्टिजेन्ट विधिबाट ३५ जनामा गरी १३ हजार ७ सय ९ जनाको कोभिड परीक्षण गरिएकोमा सो संख्यामा  कोभिड पुष्‍टि भएको हो । 

त्यसैगरी, ३ सय ६२  संक्रमणमुक्त भएका छन्। हालसम्म ८ लाख ७ हजार ५ सय १६ जना संक्रमणमुक्त भइसकेका छन्। 

पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म ११ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमित ५ हजार ६ सय ८९ जना छन्। त्यसैगरी २ लाख ३६ हजार ४ सय ८२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १७:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया